+
+
Shares

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते ११:१९

२५ जेठ, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार तीन पुगेको छ ।

पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पनि ९८ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा पाकिस्तानमा झण्डै पाँच हजार नयाँ संक्रमित थपिएका छन् भने ६७ जनाको यो भाइरसको कारण मृत्यु भएको छ ।

पाकिस्तानमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित पञ्जाब प्रान्तमा छन् । यहाँ ३७ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेको सिन्ध प्रान्तमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ हजारभन्दा धेरै छ । धेरै मानिसको मृत्यु हुनेमा पञ्जाब सबैभन्दा अगाडि छ ।

पछिल्लो २४ घण्टामा पञ्जाबमा कोरोना भाइरसबाट २४ जनाको भएको छ । यससँगै यो प्रान्तमा समग्र मृत्यु हुनेको संख्या पनि ६८३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?