+
+
Shares

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते १५:३५

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् ।

स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए ।

यसअघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए ।

स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनी कोरोना महामारी सुरु हुनुअघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?