Comments Add Comment

कविता- कोरोना र गरिबी

कोरोनाबाट बच्न गरिएको छ लकडाउन
अब यो लकडाउनमा विचरा गरीबले के खाउन ?

बन्द सबै काम अनि बन्द सबै धन्दा
गरिबीले मर्ने भए कोरोनाले भन्दा

धनीले त खाइहाल्छन्, गरीबलाई हो पीडा
झन धनीले नै हात थाप्छन, हेर राहत दिँदा

धनीलाई त छँदै छ, केको मतलब हुन्थ्यो र
गरीबको पीडाले धनीलाई किन छुन्थ्यो र ?

धनी राहत लिन जान्छन्, हतार-हतार धाउँदै
गरीब हिँड्दै गाउँ जान्छन्, महिनौँ दिन लाउँदै

सरकार भने लकडाउन थप्दै, हेर कस्तो चातुरी
विदेशिएका नेपालीहरु छ घर फर्किन आतुरी

नाकाहरुमा धेरै भीड, सीमाबाट आउँदा
कतिचाहिँ अकालमै मरे लामो बाटो धाउँदा

कोरोना कोषको नाममा अर्बौं रकम उठाइयो
गरीबलाई हेला गरी आकाशमुनि सुताइयो

गरीबलाई लागिसक्यो भोकमरीले घेर्न
राष्ट्र्रपति छ हतारो करोडौंको कार्पेट फर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment