+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पर्सामा जोर-बिजोर प्रणाली अनुसार पसल खाेल्ने निर्णय खारेज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते १६:५९

२५ जेठ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जोर-बिजोर प्रणाली अनुसार पसल खोल्न दिने निर्णय खारेज गरेको छ ।

व्यवसायी र सर्वसाधरणले तोकिएको शर्त तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरु पालना नगरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको शुक्रबार साँझ बसेको बैठकले उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार जेठ २१ गतेको निर्णय नम्बर २ को बुँदा नम्बर ५ र ६ मा उल्लेखित व्यवसाय सञ्चालन गर्न दिने निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय भएको हो । उनले भने, ‘व्यवसायी र सर्वसाधरणले तोकिएको शर्त तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरु पालना गरेको पाएनौं । जोखिमकाे ख्याल नै नगरी बजारमा सवारी साधन प्रयाेग गरी अनावश्यक भिडभाड गरेकाे पायौं । यसले संक्रमणको थप जाेखिम बढ्ने खतरा देखिएपछि शनिबारदेखि नै उक्त निर्णय कार्यान्वयन नगर्ने निर्णय गर्न बाध्य भएका हौं ।’

जेठ २१ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबारदेखि जोर-बिजोर प्रणाली (गते) अनुसार पसल खोल्न दिने निर्णय गरेको थियो । सो निर्णय अनुसार जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका सामान बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने अनुमति दिइएको हो । यसैगरी जोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले जेठ २१ गतेको निर्णय-

जिल्ला सुरक्षा समितिले जेठ २३ गते साँझ गरेकाे निर्णय-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?