+
+

भरुवा बन्दुकसहित सिरहामा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते १८:१०

२५ जेठ, सिरहा । सिरहा प्रहरीले आइतबार भरुवा बन्दुक, त्यसमा प्रयोग हुने छर्रा र बारुदसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-३ जम्दह कुपगैरीका ६९ वर्षीय कुलबहादुर पूर्वछाने र ६२ वर्षीय तिलकबहादुर थापा रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारबा६ खटिएको प्रहरीको टोलीले दुवैजना जम्दह कुपगैरीबाटै पक्राउ गरेको हो ।

उनीहरुको थप अनुसन्धान सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी विनोद घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?