+
+
Shares

जवानबाट कुटिए सशस्त्र प्रहरीका कमाण्डर

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १४:००

२६ जेठ, कैलाली । सशस्त्र प्रहरी बलको एउटा युनिटका कमाण्डर मातहतका कर्मचारीबाट कुटिएका छन् । कैलालीस्थित नेपाल-भारत सीमा भुइयाफाँटा बोर्डर आउट पोस्ट (बीओपी) मातहत रहेको अस्थायी चेक पोस्ट, बड्किपलिघाटका प्रमुख सई रामबहादुर टेर र हवल्दार दौलतसिंह धामी कुटिएका हुन् ।

त्यहीँ कार्यरत सशस्त्र प्रहरी जवान जितेन्द्रप्रसाद भट्ट र दिपक बोगटीले शनिबार साँझ उनीहरूलाई कुटपिट गरेको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भएको छ भने अहिले अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठले अनलाइनखबरलाई बताए । कुटपिट हुन थालेपछि छुट्टयाउन गएका पनि घाइते भएका हुन् ।

एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

घटनाको विषयमा सशस्त्र प्रहरी बलको मुख्यालयले छानबिनका लागि ७ नं. बाहिनीका एक जना वरिष्ठ अधिकृतको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भेषबहादुर शाहको नेतृत्वमा एक जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र एक जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सदस्य रहेको छानबिन समिति बनाएको हो।

समितिले गरेको प्रारम्भिक छानबिनमा दुई जना जवानले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको निष्कर्ष निकालेको छ । साथै, उनीहरुलाई कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

जवानले बिदामा बसेको बेलाको रासनमा अनियमितता गरेपछि कुटेको बयान दिएका छन् । त्यससम्बन्धमा पनि छानबिन भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?