+
+
Shares

केरुङमा रोकिएका कच्चा पदार्थ भित्र्याउन पहल गर्न एनआरएनए चीनको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १५:२७

२६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले केरुङमा रोकिएका उद्योग सञ्चालनका लागि आवश्यक सामग्री नेपाल ल्याउन पहल गर्न माग गरेको छ । एनआरएनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टराईलाई सोमबार ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो ।

चीनका विभिन्न शहरबाट खरिद गरेर ल्याइएका उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ, हाइड्रो कम्पनी मेशिन, लत्ता कपडा, जुत्ता, विद्युतीय तथा निर्माण सामग्री केरुङ गोदाममा रोकिएको एनआरएनका अध्यक्ष प्रदीप न्यौपानेले जानकारी दिए । उनका अनुसार ती सामग्री भित्रिदा २ अर्ब रुपैयाँ बराबर राजश्व संकलन हुन्छ ।

केरुङ आइपुगेका सामग्री रसुवागढी नाकाबाटै ल्याउनुपर्ने उनीहरूको ठहर छ । एनआरएनए, चीनका उपाध्यक्ष सुशील वेलवासे केरुङ्गको सामान तातोपानी नाकाबाट ल्याउँदा ३० करोड रुपैयाँ ढुवानी चीनलाई बुझाउनु पर्ने बताउँछन् । उनका अनुसार त्यहाँ करिब १५ सय ट्रक सामग्री थुप्रिएका छन् ।

नेपाली ट्रक व्यावसायीको करिब २ सय ट्रक पनि चीनमा रोकिदा पाटपुर्जा बिग्रिएको उनीहरूको भनाइ छ ।

नेपाल सरकार र चीन सरकारबीच सहमति भइसकेका ओलाङचुङ गोला, किमाथांका लगायतका नाका सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने एनआरएनए चीनको भाग छ ।

उद्योगमन्त्री भट्टले रसुवागढी नाका खोल्न आफूले पहल गरिरोखको र छिट्टै खुल्ने विश्वास दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?