Comments Add Comment

पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई कोरोना संक्रमण

२६ जेठ, काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

सोमबार उनको परिवार र पार्टीले उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । अब्बासी नवाज सरिफ पदमा रहन अयोग्य घोषित भएपछि सन् २०१७ देखि २०१८ सम्म १० महिना पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका छन् ।

यसैबीच पाकिस्तानका रेलमन्त्री शेख रसिद अहमद र पञ्जाब प्रान्तका पूर्वस्वास्थ्यमन्त्री खावाजा सलमान रफिकलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पाकिस्तानको रेल मन्त्रालयका प्रवक्ताका अनुसार रेलमन्त्रीलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन र अहिले उनी रावलपिण्डीमा रहेको आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।

पाकिस्तानका अन्य हाइप्रोफाइल संक्रमितमा सिन्ध प्रान्तका गभर्नर इमरान इस्माइल र सभामुख असद क्वैजर पनि रहेका छन्।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment