
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । नायक हमालले जन्मदिन आफ्नो परिवारसँग मनाउँदैछन् । लकडाउनका कारण सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्ने भएकाले पनि हमालको जन्मदिन परिवारसँगै बित्न लागेको हो ।
नेपाली चलचित्र क्षेत्रमा ‘युगदेखि युगसम्म’बाट प्रवेश गरेका नायक हमालले आफ्नो करिअरमा तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । अझै पनि नेपाली चलचित्र क्षेत्रमा हमालको सक्रियता उस्तै छ ।
नायक राजेश हमालले अभिनय गरेका ‘वसन्ती, देउता, भाउजु, युगदेखि युगसम्म’ लगायतका चलचित्र चर्चित छन्। हमालले बोल्ने गरेको ‘हे…’ शब्द निकै चर्चित मानिन्छ । ‘शंकर हुँ म शंकर’ बोलको संवाद हमालको करिअरकै सर्वाधिक सफल र चर्चित संवाद मानिन्छ ।
हमाल पछिल्लो केही वर्षयता भने चलचित्र अभिनयबाट केही टाढा छन् । आफैँ नयाँ चलचित्र निर्देशनको तयारीमा लागेका हमालले अफर आएका चलचित्रहरूलाई पनि अस्वीकार गरिरहेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा हमालपछि थुप्रै नायकहरूको आगमन भयो । तर पनि हमालको नाम सधैं उच्च स्थानमा छ । हमालको व्यक्तित्व, बोल्ने शैली र गम्भीर शैलीका कारण पनि उनी दर्शकमाझ लोकप्रिय छन्।
नेपाली चलचित्रका सर्वाधिक सफल नायकलाई जन्मदिनको धेरैधेरै शुभकामना ।
प्रतिक्रिया 4