Comments Add Comment

इटलीमा समर ट्रान्सफर विन्डो १ सेप्टेम्बरदेखि सुरु हुने

२७ जेठ, काठमाडौं । इटलीमा खेलाडी किनबेचका लागि समर ट्रान्सफर विन्डो सेम्टेम्बर पहिलो सातादेखि खुल्ने भएको छ । इटालियन फुटबल फेडेरेसनले समर ट्रान्सफर विन्डोबारे सोमबार मिति तय गरेको हो । जस अनुसार १ सेप्टेम्बरदेखि ५अक्टोबरसम्म ट्रान्सफर विन्डो कायम रहनेछ ।

यसैगरी जनवरी ट्रान्सफर विन्डो २०२१ जनवरी ४ मा सुरु हुने र महिनाभर कायम रहने फेडेरेसनले जनाएको छ ।

कोरोनाभाइरस महामारीका कारण ट्रान्सफर विन्डोको मिति पनि पछि धकेलिएको छ । यसअघि सामान्य अवस्थामा ट्रान्सफर विन्डो १ जुलाईमा सुरु भएर २ सेप्टेम्बरसम्म लागु हुन्थ्यो ।

कोरोनापछि इटलीमा यही सातादेखि फुटबल मैदान फर्कँदैछ । कोपा इटालिया अन्तर्गत सेमिफाइनल खेलहरु शुक्रबारदेखि हुँदैछन् । जसमा सेमिफाइनल दोस्रो लेगमा लिग लिडर युभेन्ट्स र एसी मिलान खेल्ने छन् ।

यस्तै सिरी ए पुटबल २० जुनदेखि सुरु हुँदैछ । लिगमा युभेन्ट्स लाजियोलाई २-१ अंकले पछि पार्दै शीर्ष स्थानमा छ ।

इटलीमा ट्रान्सफर विन्डोको मिति सार्वजनिक भएपछि अन्य देशको लिगमा भने यसको अवस्था के हुने निर्णय भएको छैन ।

फ्रान्समा भने सोमबारदेखि ट्रान्सफर शुरु गर्न सकिने त्यहाँको प्रोफेसनल फुटबल लिगले जनाएको छ । महामारीका कारण फ्रेन्च लिगको जारी सिजन अन्त्य घोषणा गरिएकाले क्लबहरु भविष्यको बारेमा अन्योलमा छन् । फ्रेन्च क्लले देशभित्रै खेलाडी ट्रान्सफर गर्न सक्छन् तर अन्तर्राष्ट्रिय ट्रान्सफरका लागि भने कुर्नुपर्नेछ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि समर ट्रान्सफर विन्डोलाई पछि सार्न अनुमति दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment