+
+

‘जानी नजानी’ नायिका निरिशालाई कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १५:३१

चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका निरिशा बस्नेत मुम्बईमा छिन् । मुम्बईमा रहेकी यी नायिकामा कोरोना संक्रमण देखिएको छ ।

उनको रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेको बुझिएको छ ।

अब रिपोर्ट नेगिटिभ नआएसम्म उनी अस्पतालमै रहेर उपचार गराउने छिन् । कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् ।

उनले बलिउड चलचित्रमा प्रवेशका लागि संघर्ष गरिरहेकी थिइन् । चलचित्र ‘जानी नजानी’को रिलिजको समयमा उनी नेपाल आएकी थिइन् । यो चलचित्रले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न नसकेपछि उनी मुम्बईमा नै संघर्ष गरिरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?