Comments Add Comment

नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेकै हुँ : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको कारोनाविरुद्ध रोग प्रतिरोधी क्षमता बलियो छ भन्ने आफ्नो दाबी वैज्ञानिक भएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘नेपालीहरुको रोग प्रतिरोध क्षमता राम्रो छ भनेर भर्खरै सुन्नु भयो मैले भनेको । नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्नेमा चुनौती दिन कुनै डाक्टर आयो भने स्वीकार गरौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment