Comments Add Comment

परोपकार : १२ वर्षीया बालिका, जसले मजदुरलाई घर पुग्ने खर्च दिइन्

लकडाउनको कारण हुनसम्म सास्ती खेपिरहेका छन्, मजदुरहरू । पाखुरी र पसिनाको भरमा दुई छाक जुटाउँदै आएका मजदुरहरू कामबाट निकालिएका छन् । रोजीरोटी गुमएपछि उनीहरू सहर छाड्दैछन् । ऐचोपैंचो गरेर भए पनि गाउँमा भोकले त मरिँदैन भन्ने सोचाइले हुन सक्छ, सहर छाड्ने मजदुरको लस्कर बढ्दो छ ।

तर अहिले यातायातको व्यवस्था सुलभ छैन । त्यसमाथि घरसम्म पुग्नका लागि खर्च पनि छैन । उनीहरू भोक र प्यास सहेर चर्को गर्मीमा पैदल हिँडिरहेका छन् । दूधे बच्चादेखि रोगी बुढाबुढी डोहोर्‍याउँदै घण्टौं होइन, हप्तौंको यात्रा गरिरहेका छन्। यसरी हिँडेका कतिपय यात्रुले बाटोमै ज्यान गुमाइरहेका छन् ।

भारतमा रोजगारी गुमाएर फर्किएका नेपाली युवाहरू भोककै कारण ज्यान गुमाइरहेका घटनाहरू बाहिर आउँदैछन् । यसरी सहर र खासगरी भारतमा श्रम बेच्न पुगेका मजदुरहरू कष्टकर यात्रा गर्दै घर फर्किँदैछन् । तर घर पुगिने हो वा होइन ? टुङ्गो छैन । यस्तो अवस्थामा नेता, मन्त्री, धनाड्य, समाजसेवी कोही पनि निस्किएका छैनन्, जसले उनीहरूको दुःखमा साथ दिन्छ ।

यो पनि पढ्नुहोस लाखौंका लागि उजाड छ यो देश

निर्वाचनको बखत हुँदो हो त नेताहरूले यातायातदेखि खाने बस्नेसम्मको प्रवन्ध मिलाउँथे । तर अहिलेको अवस्थामा गरिब, निमुखाका खातिर उनीहरूमा न कुनै संवेदना पोखिएको छ न सहयोगका लागि तत्परता नै देखिएको छ ।

यही पृष्ठभूमिमा एउटा खबर छाएको छ, एक १२ वर्षीय बालिकाले आफ्नो पैसा खर्च गरेर तीन मजदुरलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेकी छिन् । प्रसंग भारतको हो । नोयडामा बसोबास गर्ने निहारिका द्विवेदीले तीन मजदुरलाई घरसम्म पुग्नका लागि भारु ४८ हजार रुपैयाँ खर्च गरेकी हुन् ।

लकडाउन भएसँगै मजदुरहरू बिचल्लीमा परेको कुरा टेलिभिजनमा हेरिरहँदा उनले आफ्नो मन पग्लिएको बताएकी छिन् । त्यहीअनुसार उनले आफूले बचत गरेको पैसाले उक्त मजदुरहरूका लागि विमान टिकट खरिद गरिदिइन् । झारखण्डका तीन मजदुरमध्ये एक त क्यान्सरका रोगी समेत थिए ।

यो पनि पढ्नुहोस बालबच्चालाई कसरी सामाजिक व्यवहारमा अभ्यस्त गराउने ?

भारतमा जसरी कोरोना संक्रमणको दर बढ्दैछ, सोही अनुपातमा मजदुरहरू बिचल्लीमा परिरहेका छन्। उनीहरू सैयौं किलोमिटर पैदल यात्रा गरेर घरतर्फ लाग्दैछन् । यसरी विपतमा परेका मजदुरका लागि भारतका कतिपय कलाकार, समाजसेवीहरूले सहयोग गरिरहेका छन् । कसैले खानपानको व्यवस्था गर्दैछन् भने कसैले यातायातको । अभिनेता सोनु सुदले त टोल फ्रि नम्बर जारी गर्दै मजदुरहरूलाई आह्वान गरेका छन् कि, घर फर्किन चाहनेहरूले आफूसँग सम्पर्क राख्नुहोला भन्दै ।

अभिनेत्री स्वरा भास्कर, अभिनेता अमिताभ बच्चन समेत मजदुरको सहयोगमा हार्दिकतासाथ जुटिरहेका छन् । कसैले मजदुरलाई घरसम्म पुग्न यातायातको व्यवस्था गरिदिएका छन् भने कसैले खानपानको।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment