Comments Add Comment

यो हो संसारकै कडा विष, मात्र १ ग्रामले हजारौँलाई मार्न सक्छ

साइनाइडका बारेमा तपाइँले सुन्नुभएकै होला । साइनाइडलाई निकै खतरनाक विष मानिन्छ । तर संसारमा साइनाइड भन्दा पनि कैयन् गुणा घातक विष छ, जसका बारेमा निकै कमलाई मात्र थाहा छ ।

हो पोलोनियम २१० लाई संसारकै सबैभन्दा घातक विष मानिन्छ । यो विष यति कडा हुन्छ कि मात्र एक ग्राम विषले हजारौँ मानिसलाई मृत्युनिद्रामा पूराइदिन्छ ।

वास्तवमा पोलोनियम २१० एउटा रेडियोधर्मी पदार्थ हो । यसबाट निस्किने विकरण मानिसको सरीरका लागि निकै घातक हुन्छन् र तयसले सरीरका भित्री अंगहरुका साथै डिएनए र रोग प्रतिरोधी प्रणालीलाई समेत नष्ट गरिदिन्छ ।

मृत सरीरमा उक्त विकिरण पत्ता लगाउन समेत निकै कठीन हुन्छ । सरीरमा उक्त विकिरणको जाँच गर्ने प्रविधि दुनियाका सिमित देशहरुमा मात्र छ ।

म्याडम क्यूरीले सन् १८९८ मा पोलोनियम २१० पत्ता लगाएकी हुन् । उनले रेडियम शुद्धिकरणका लागि रसायन शास्त्र तर्फको नोबेल पुरस्कार पनि पाएकी थिइन् भने रेडियोएक्टिभिटीको खोजका लागि भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार समेत पाएकी थिइन् ।

उनले सुरुमा पोलोनियम २१० को नाम रेडियम एफ राखेकी थिइन् । पछि त्यसको नाम परिवर्तन गरिएको हो ।

वैज्ञानिकहरुका अनुसार यदि पोलोनियम २१० को एउटा सानो कण मानिसको सरीरभित्र छिर्यो भनेपनि पलभरमै मान्छेको मृत्यु हुन्छ । बाह्य वातावरणमा सामान्य ढंगले उक्त कण पत्ता लगाउन पनि निकै गाह्रो हुन्छ ।

इतिहास अनुसार पोलोनियम २१० को पहिलो सिकार म्याडम क्यूरीकी छोरी इरिन जुलियट क्युरी भएकी थिइन् । पोलोनियम २१० को एउटा सानो कण निलेका कारण उनको मृत्यु भएको थियो ।

त्यस्तै प्यालेस्टाइनी चर्चित नेता यासेर आराफातको पनि पोलोनियम २१० खुवाएर हत्या भएको दाबी गरिन्छ । त्यसको जाँचका लागि उनको शव अन्त्येष्टि भएको दुई वर्षपछि अवशेष पुनः निकालेर अनुसन्धान गरिएको थियो । त्यसक्रममा स्विस वैज्ञानिकहरुले आराफातको शवको अवशेषमा पोलोनियम २१० फेला परेको दाबी गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment