Comments Add Comment

यस वर्ष आईपीएल गर्न सबै सम्भावनाबारे छलफल गरिरहेका छौँ : गांगुली

२९ जेठ, काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) यही वर्षको अन्त्यतिर गर्ने योजना भइरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अक्टोबरमा टी-२० विश्वकप गर्ने निर्णय अर्को महिना गर्ने भएपछि बीसीसीआईले यस वर्ष आईपीएल गर्न प्रयास गर्ने जनाएको छ ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले क्रिकेट बोर्डको सदस्यहरुलाई पत्र पठाउँदै बोर्ड आईपीएल आयोजना गर्ने हरेक सम्भावनामा काम गरिरहेको र बोर्डले यो प्रकियाबारे छिट्टै निर्णय गर्ने बताएका हुन् । यस्तै खालि स्टेडियममा क्रिकेट गर्न पनि बोर्ड तयार रहेको उनले बताए ।

‘बीसीसीआई यस सिजन आईपीएल आयोजना गर्न हरेक सम्भावित विकल्पबारे छलफल गरिरहेका छौँ । खालि स्टेडियममा पनि प्रतियोगिता गर्न तयार छौँ । फ्यान फ्रेन्चाइज खेलाडी ब्रोडकास्टर स्पोन्सर र अरु सबै स्टेकहोल्डरहरु पनि यस वर्ष आईपीएल सम्भव होस् भन्ने चाहिरहेका छन्,’ गांगुलीले पत्रमा लेखेका छन्।

उनले पछिल्लो समयम भारत र भारत बाहिरका खेलाडीहरुले पनि यस वर्ष आईपीएल खेल्न उत्सुक रहेको इच्छा देखाइरहेको बताउँदै बीसीसीआईले यसको भविष्यबारे केही समयमा निर्णय गर्ने समेत उल्लेख गरेका छन् ।

आईपीएलको २९ मार्चदेखि सुरु गर्ने सुरुवाती मिति कोरोनाले प्रभावित बनेको थियो । बीसीसीआई आईसीसीको बुधबारको मिटिङको निर्णयको प्रतिक्षामा थियो । तर आईसीसीले टी-२० विश्वकपको निर्णय अर्को महिना गर्ने भनेपछि आईपीएल गर्नेबारे बीसीसीआईको योजनामा धक्का लागेको हो ।

यस्तै गांगुलीले  डोमेस्टिक क्रिकेट गतिविधिमा पनि केही परिवर्तन हुन सक्ने बताएका छन् । उनले डोमेस्टिक क्रिकेटको अर्को सिजनबारे बीसीसीआईले योजना बनाइरहेको र विभिन्न फर्म्याट र विकल्पबारे बहस गरिरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment