Comments Add Comment

कर्णाली प्रदेश अस्पतालबाट ३१ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै

कोरोना संक्रमितलाई राखिएको कर्णाली प्रदेश अस्पताल । तस्वीर : डा. नवराज केसी ।

२९ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् ।

कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज हुन लागेका हुन् ।

कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ विशेष अस्पतालका इञ्चार्ज डा. नवराज केसीका अनुसार ११ महिला र २० पुरुष रहेका छन ।

डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।

यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् ।

रिपोर्ट नेगेटिभ आएकाहरुलाई अस्पतालले बिहीबार साँझ घर पठाउने तयारी गरेको डा. केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment