Comments Add Comment

संक्रमण पुष्टि भएको चार दिनपछि आइसोलेसनमा भर्ना 

फाइल तस्वीर

२९ जेठ, काठमाडौं । रोल्पामा कोरोना संक्रमण पुष्टि भएको चार दिनपछि मात्रै उपचारका लागि संक्रमितहरुलाई आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

संक्रमित तीनै जनालाई जिल्ला सदरमुकाम लिवाङमा रहेको जलजला बहुमुखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसन कक्षमा भर्ना गरिएको रोल्पा अस्पतालका डा. अनिल केसीले जानकारी दिए ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ र ६ स्थित विद्यालयको क्वारेन्टिनमा बस्दै आएका तीन जना पुरुषमा जेठ २५ गते संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीका अनुसार जिल्लामा आइसोलेसन वार्ड निर्माणमा ढिलाई भएका कारण उनीहरुलाई बिहीबार बिहान मात्रै लिवाङ पठाइएको हो । ‘जलजला क्याम्पसमा आइसोलेसन वार्ड बनिसकेको अवस्था थिएन,’ अध्यक्ष घर्तीले भने, ‘उपचारका लागि त्यहीँ लैजाने योजना अनुसार संक्रमितहरुलाई क्वारेन्टिनमा बेग्लै बस्ने व्यवस्था मिलाएका थियौं ।’

बुधबार नै संक्रमितहरुलाई पठाउने तयारी गरिएको भएपनि पानी परेका कारण क्वारेन्टिन स्थलसम्म एम्वुलेन्स पुग्न नसक्दा बिहीबार बिहान मात्रै उहाँहरुलाई उपचारका लागि पठाइएको उनले बताए ।

आइसोलेसन कक्षको नेतृत्व गरिरहेका डा. केसीका अनुसार जलजला बहुमुखी क्याम्पसमा २० शैयाको आइसोलेसन कक्ष तयार भइसकेको बताए । उनका अनुसार बिहीबार साँझसम्म ५० शैयाको आइसोलेशन कक्ष तयार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment