+
+
Shares

भोलि शनिबार पनि बैङ्क खुला राख्न राष्ट्र बैङ्कको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १०:०२

३० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले भोलि शनिबार बैङ्कहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।

क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैङ्कका शाखाहरू खुला राख्न निर्देशन दिएको जानकारी दिए । उनका अनुसार बैङ्कमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछ ।

सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैङ्कले निश्चित समय तोकेर बैङ्कहरूलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।

कोभिड–१९ कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैङ्कहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैङ्कले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?