
३० जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर फैलिने त्रासले विश्व सेयर बजार ओरालो लागेको छ ।
अमेरिकाको केन्द्रीय बैङ्क फेडरल रिजर्भले अमेरिकाको अर्थतन्त्रमा सुधारको लागि लामो समय लाग्न सक्ने चेतावनी दिएसँगै विश्व सेयर बजार प्रभावित बनेको हो ।
बिहीबार अमेरिकाको प्रमुख सेयर बजारमा ठूलो गिरावट देखिएको थियो । डाउ जोन्स इन्ड्युस्ट्रियल एभरेजमा सात प्रतिशतको कमी आएको थियो ।
शुक्रबार एसियाली सेयर बजार पनि घटेका छन्। जापान, हङकङ र चीनका सेयर बजारमा ठूलो कमी आएको छ ।
ऊर्जा र भ्रमणको सेयरमा सबैभन्दा धेरै गिरावट आएको छ। विश्वको तेलको मूल्य पनि यसको असर पर्न सक्ने भएकाले ऊर्जाको सेयरमा कमी आएको हो ।
बिहीबार युरोपको सेयर बजार पनि घटेका थिए । बेलायतको फुट्सी १००, जर्मनीको डाक्स र फ्रान्सको सीएमसी ४० सबै बजारमा चार प्रतिशतभन्दा ठूलो गिरावट देखिएको थियो ।
अहिले विश्वभर कोरोना भाइरसको संक्रमणको दोस्रो लहरको त्रास बढेको कारण त्यसको असर सेयर बजारमा देखिएको विश्लेषकहरूले बताएका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4