Comments Add Comment

माधव वाग्ले भन्छन्–‘हल संचालकले निर्मातालाई निचोर्न मिल्दैन’

कोरोना भाइरस संक्रमणका कारण चलचित्र क्षेत्र बन्द जस्तै छ । चलचित्रका सबै काम ठप्प हुँदा धेरैको रोजगारी पनि संकटमा परेको छ । चलचित्र क्षेत्र कहिलेदेखि चलायमान हुन्छ, पक्का छैन ।

चलचित्र भवनहरु खुल्नका लागि अझै केही महिना लाग्ने पक्का छ । यसले, एकातिर चलचित्र हल संचालकहरु नै संकटमा पर्ने अवस्था आएको छ भने, अर्कोतिर निर्माताहरु पनि मर्कामा परेका छन् ।

अब, चलचित्र कसरी रिलिज गर्ने भन्ने बिषयमा अहिलेसम्म कुनै पनि टुंगो लागेको छैन । यो बिषयमा सरोकारवाला निकायहरु बसेर छलफल गर्न आवश्यक छ ।

निर्माता माधव वाग्ले, हल संचालकहरुले सम्पूर्ण भार निर्माताको थाप्लोमा मात्र राखिदिने गरेको गुनासो गर्छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘हलको स्तरोन्नतीका लागि गरिने खर्च, स्टाफ खर्च सबैको भार निर्माताले नै बेहोर्न परिरहेको छ । हल संचालकहरुले निर्मातालाई निचोरेका छन् ।’

उनले, चलचित्र निर्माणमा हल संचालकहरुले पनि आफ्नो दायित्व निर्वाहा गर्नुपर्ने बताए । भने–‘भारतमा चलचित्र बनेपछि, ठूला ठूला हलहका मालिकहरुले वितरणको जिम्मा लिन्छन् । उनीहरुले, चलचित्रमा पनि लगानी गर्छन् । तर, नेपालमा चलचित्रप्रति हल संचालकको कुनै दायित्ववोध नै हुँदैन । यसैले, उनीहरुले सम्पूर्ण बोझ निर्मातालाई मात्र थोपरिदिने गरेका छन् ।’

उनले, प्रदर्शक र निर्माताविचको शेयर बाँडफाँडमा पनि असन्तुष्टी जनाए । हक्की स्वभावका निर्माता वाग्ले भन्छन्–‘संचालकहरुले हलको स्तरोन्नती गरेका छन् भने त्यो आफ्नै हलका लागि गरेका हुन् । निर्माताका लागि होइन । एउटा कुरा के वुझ्न जरुरी छ भने, हलमा चलचित्र चल्ने हो । हल आफै चल्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment