+
+
Shares

धनगढीमा पनि सरकारविरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १६:१४

३० जेठ कैलाली । कैलालीको धनगढीमा युवाहरुको एक समूहले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

कोरोना संक्रमणको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले धनगढीको ट्राफिक चौराहमा सुरक्षाकर्मीलाई मास्क पनि वितरण गरे ।

क्वारेन्टिन गोठजस्तो क्वार्टर महलजस्तो, सांसदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने, कोरोना भाइरस मौलायो, मेरो सरकार बौलायो, १० अर्ब खै लगायतका नारा लेखेका प्लेकार्ड बोकेर युवाहरुले आन्दोलन गरेका थिए ।

झण्डै एक घण्टा सडकमा उत्रिएका युवाहरुले सुरक्षाकर्मीलाई पानी दिएर आन्दोलन स्थगित गरेका थिए ।

केही दिनअघि युवाहरुले धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि एक घण्टा धर्ना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?