+
+
Shares

प्रदेश १ मा ३० जना थपिए, ८ जना डिस्चार्ज

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ ३० गते १९:०१

३० जेठ, विराटनगर । शुक्रबार प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, मोरङ सुनसरी, उदयपुर र इलाममा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको बेलकामा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सुनसरीको देवानगञ्जमा एक महिला र एक पुरुष, सुनसरीकै हरिनगरमा २ जना, भोक्राहामा ६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै झापाको कचनकवलमा ११ जना, बाह्रदशीमा २ जनामा संक्रमण पुष्टि भएको हो । मोरङको सुनबर्सीमा २ जना र इलामको सूर्याेदय नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ३० जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको ३३४ पुगेको छ ।

८ जना घर फर्किए

शक्रबार प्रदेश १ बाट थप ८ जना कोरोना जितेर घर फर्किएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना कोरोना जितेर घर फर्किएका हुन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाका १ जना, ताप्लेजुङका ३ जना, पाँचथरका १ जना र सुनसरीका ३ जना डिस्चार्ज भएका हुन् ।

सुनसरीका संक्रमित २१ जेठमा अस्पताल भर्ना भएका थिए । अन्य ५ जना २० जेठमा भर्ना भएका थिए । यो सँगै धरानबाट डिस्चार्ज हुनेको संख्या १०० पुगेको छ । अस्पतालको आइसोलेसनमा २४ जना छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६३ पुगेको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?