+

रोनाल्डो पेनाल्टीमा चुके पनि अवे गोलको आधारमा युभेन्ट्स फाइनलमा

२०७७ जेठ  ३१ गते ८:५७ २०७७ जेठ ३१ गते ८:५७
रोनाल्डो पेनाल्टीमा चुके पनि अवे गोलको आधारमा युभेन्ट्स फाइनलमा

३१ जेठ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेपनि अवे गोलको फाइदा उठाउँदै युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कोरोनाभाइरस महामारीपछि इटलीमा फेरि फुटबल मैदान फर्कँदा युभेन्ट्स र एसी मिलान कोपा इटालियाको सेमिफाइनल दोस्रो लेगमा भिडेका थिए ।

१० खेलाडीमा रहेर खेलेको मिलानविरुद्ध युभेन्ट्स घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको हो । तर पहिलो लेगमा १-१ को बराबरी हुँदा अवे मैदानमा गरेको गोलको आधारमा युभेन्ट्स भाग्यमानी बन्दै फाइनल पुगेको हो । युभेन्ट्सले अब १७ जुनमा हुने फाइनलमा नापोली र इन्टर मिलानबीचको विजेतासँग खेल्नेछ ।

घरेलु मैदानमा युभेन्ट्सले सुरुमै पेनाल्टीको अवसर पाएको थियो । तर १६औं मिनेटमा रोनाल्डोको पेनाल्टी प्रहार गोलमा परिणत हुन सकेन । रोनाल्डोको प्रहार बारमा लागेको थियो । त्यसलगत्तै एन्टे रेबिकले सीधै रातो कार्ड खाँदा मिलान १० खेलाडीको झरेको थियो । तर त्यसमा फाइदा युभेन्ट्सले उठाउन भने सकेन ।

दोस्रो सेमिफाइनलको दोस्रो लेग आज हुँदैछ ।

क्रिस्टियानो रोनाल्डो युभेन्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय