+

बुण्डेसलिगा : ओल्मोको दुई गोलमा लाइपजिग विजयी

२०७७ जेठ  ३१ गते १०:४६ २०७७ जेठ ३१ गते १०:४६
बुण्डेसलिगा : ओल्मोको दुई गोलमा लाइपजिग विजयी

३१ जेठ, काठमाडौं । डानी ओल्मोको दुई गोल मद्दतमा तेस्रो स्थानको आरबी लाइपजिगले जर्मन बुण्डेसलिगामा होफेनहेइमलाई पराजित गरेको छ । गएराति भएको एक मात्र खेलमा लाइपजिगले होफेनहेइमलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

ओल्मोले दुवै गोल दुई मिनेटको अन्तरमा पहिलो हाफमा गरेका थिए । उनले खेलको नवौं र ११औं मिनेटमा गोल गरेका थिए ।

जितपछि लाइपजिगले ३१ खेलबाट ६२ अंक जोडेको छ भने दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग अंकदूरी १ मा झारेको छ । समान खेलबाट ४३ अंकसहित होफेनहेइम सातौँ स्थानमा छ ।

बुण्डेसलिगामा आज ६ खेल हुँदैछन् । जसमा शीर्ष स्थानको बायर्न म्युनिखले चौथो स्थानको बोरुसिया मोन्चेनग्लाडबाकसँग खल्नेछ भने दोस्रो स्थानको डर्टमण्डले रेलिगेसन क्षेत्रमा रहेको फर्चुना डुसेलडोर्फसँग खेल्नेछ ।

बुण्डेसलिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय