+
+
Shares

विप्लव समूहका डीसीएमको कोठाबाट विष्फोटक पदार्थ बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३१ गते २०:४४

३१ जेठ, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका एक जना नेताको कोठामा छापा हानेर प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने २६० वटा सामग्री बरामद गरेको छ ।

ललितपुर प्रहरीले पक्राउ गरेको विप्लव समूहका जिल्ला समिति सदस्य सानुराज बज्राचार्यको कोठामा छापा हानेर विष्फोटक पदार्थ बरामद गरिएको हो ।

प्रहरीका अनुसार बरामद सामग्रीमा ह्याण्ड ग्रिनेड बनाउन प्रयोग हुने कभर १८० वटा, आधा विष्फोटक पदार्थ भएको ग्रिनेड ३५ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ १४ वटा, स्टील बल ९, स्टील बल प्याकेट १२, गन पाउडर २ बट्टा, डेटोनेटर एउटा र दुई वटा रिमोट सेट बरामद भएका छन् ।

शुक्रबार ललितपुरबाट उनलाई पक्राउ पक्राउ गरेपछि प्रहरीले नेपालटारस्थित घरमा पनि छापा हानेको हो । त्यसक्रममा विप्लव समूहका केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको प्रहरीको भनाइ छ ।

उनीविरुद्ध हात हतियार सम्बन्धी कसूर, राज्यविरुद्धको अपराध लगायतका अभियोग लगाउने प्रहरी तयारी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?