Comments Add Comment

पीएसजीका कप्तान शिल्भा र सर्वाधिक गोलकर्ता काभानीले सिजनको अन्तयमा क्लब छाड्ने

३२ जेठ काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीका कप्तान थियागो शिल्का र क्लबका कीर्तिमानी गोलकरता एडिनसन काभानीले सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन् ।

क्लबका निर्देशक लियोनार्दोले ३३ वर्षीय फरवार्ड काभानी र ३५ वर्षीय डिफेण्डर सिल्भाले फ्रि एजेन्टको रुपमा क्लब छाड्न लागेको पुष्टि गरेका छन् । दुवै खेलाडीको क्लबसँगको सम्झौता यसै सिजन सकिदै थियो ।

डिरेक्टर लिओनार्दोले दुवै भेट्रान खेलाडी अब क्लबमा नबस्ने पुष्टि गरेका छन् । काभानी र शिल्भाको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ ।

‘हो हामी अन्त्यमा आइपुगेका छौँ,’ लियोनार्दोले न्युजपेपर ले जर्नल डु डिमान्चेसँग भनेका छ, ‘यो निर्णय गर्न धेरै कठिन थियो ।’ यी खेलाडीहरु जसले क्लबको इतिहास बनाएका छन् । लियोनार्दोले आर्थिक अवस्था र अब आउने नयाँ जेनेरेसनका खेलाडीलाई ध्यानमा राख्दै सही निर्णय गर्नुपरेको बताएका छन् ।

उनले अगष्टसम्म खेलाडीलाई राख्ने सोच भए पनि के हुन्छ भन्न नसकिने बताए ।

सन् २०२१ मा इटालियन क्लब एसी मिलानबाट पिएसजी पुगेका शिल्भा पार्क डे प्रिन्समा नरहने यसै साता विभिन्न रिपोर्टले जनाएको थियो ।

यस्तै केही दिनअघि फरवार्ड माउरो इकार्डीले पीएसजीमा स्थायी सम्झौता गरेपछि काभानीको पेरिस बसाइ पनि अनिश्चित बनेको थियो । काभानी अर्को इटालियन क्लब नापोलीबाट सन् २०१३ मा पीएसजीमा पुगेका थिए र उनले त्यहाँ २०० गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत बनाए ।

दुवै खेलाडी पीएसजीका लागि सर्वाधिक खेल खेल्नेमा शीर्ष दशमा छन् । शिल्भाले ३१० र काभानीले ३०१ खेल खेलेका छन् ।

शिल्भा र काभानीले पीएसजीलाई फ्रान्समा फुटबलको शक्ति बनाउनमा ठूलो भूमिका खेलेका छन् । तर युरोपमा भने पिएजसीले राम्रो नतिजा निकाल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment