Comments Add Comment

कांग्रेसले संसदमा भन्यो : प्रधानमन्त्रीज्यू ! इनफ इज इनफ

३२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा लागेको नारा ‘इनफ इज इनफ’लाई संसदमा उठाएको छ ।

संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राजेन्द्र केसीले जनता सडकमा आइसकेको बताए ।

कोरोनाविरुद्धको लडाईमा कांग्रेसले सरकारलाई सुरुदेखि साथ दिँदै आएको तर प्रधानमन्त्रीले विपक्षीले असहयोग गरेको भनेको भन्दै उनले थपे, ‘लोकलाज त राखिदिनुस् प्रधानमन्त्रीज्यू ।’

जनता भोकले मर्न थालेको तथा क्वारेन्टिनमा राम्रो व्यवस्था गर्न नसक्दा मानिसहरू ज्यान गुमाउन थालेको सांसद केसीले बताए । उनले अघि भने, ‘प्रधानमन्त्रीज्यूलाई भन्छु, इनफ इज इनफ । कन्ट्रोल गर्नुस् । अब जनता सडकमा आइसके । हामी पनि थाम्न नसक्ने अवस्था होला ।’

सांसद राजेन्द्र केसीले संसदमा व्यक्त गरेको विचार

अहिले काठमाडौंको शहरमा ‘इन अफ इज इन अफ’ , अति भो अब खति हुने भयो भनेर आवाज दन्किरहेको छ । यो कांग्रेसको मात्रै आवाज होइन । यो जनताको आवाज जनजिब्रोको आवाज बनेको छ ।

हाम्रो प्रधानमन्त्रीका कारण मुलुक आक्रान्त भएको छ, मुलुक संकटमा गएको छ । र प्रधानमन्त्रीले भन्न थाल्नुभयो रे कि प्रतिपक्षीले सहयोग गरेन । प्रधानमन्त्रीज्यू, लोकलाज त राख्नोस् । कांग्रेसले कहाँ सहयोग गरेको छैन ? हामीले भन्यौं वाइडबडीमा भ्रष्टाचार भएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा अनियमितता भएको भनिएको छ । हामीले भन्यौं त्यहाँ साँढे ४ अर्बको भ्रष्टाचार भएको छ । प्रधानमन्त्रीले फैसला दिनुभयो यहाँ भ्रषटचार भएको छैन भनेर ।

हामीले ३३ किलो सुन, सुन त खायो, मान्छेमात्रै हिरासतमा छ, सुनचाहिँ पत्ता लगाइनिुहोस् भनेर । आज सुनको पत्ता लागेको छैन मान्छे मात्रै हिरासतमा छ ।

हामीले भन्यौं, सेक्युरिटी प्रिन्टिङ प्रेसमा अहिले बेला होइन भनेर । अहिले छताछुल्ल भएको छ, मन्त्रीजीले त ७० करोड रुपैयाँ घुस माग्नुभयो भनेर राजीनामा गरेको अवस्था छ । यो सरकारको नैतिकता कहाँ छ ? अझ प्रतिपक्षले सहयोग गरेन, प्रतिपक्ष असहष्णिु भयो भन्नुहुन्छ । लोकलाज त राखिदिनुहोस् प्रधानमन्त्रीज्यू । कमसेकम एउटा व्यवस्थित र लोकतान्त्रिक प्रतिपक्षले गर्ने व्यवहार गर्यो कि गरेन भनिदिनुस् ।

यो मात्र होइन, प्रतिपक्षले भन्यो– १० अर्बको हिसाब दिनुहोस् । कहीँ गएको छैन स्थानीय निकायमा, मैले पटक पटक कुरा उठाएँ, १० अर्बको हिसाब दिनुपर्छ ।

क्वारेन्टिनको कुरा गर्ने हो भने भेडाबाख्रा जस्तो छ । त्यो एउटा सेफ प्लेस हो कि डेथ प्लेस हो सरकारले बोल्न नपर्ने ?

क्वारेन्टिनमा मान्छे मर्नुपर्ने, पानी खान नपाएर मान्छे मर्नुपर्ने अनि सरकार ठूलो कुरा गर्ने ? प्रतिपक्षले सहयोग गरेन भन्ने ?

यति मात्र होइन नेपाल एयरलाइन्सको प्लेन छ चार्टडको नाममा यहाँका ट्राभल एजेन्सीहरुबाट ६÷७ गुणा भन्दा बढी पैसा असुलिरहेको छ । यहाँ बोल्न नपर्ने सरकारले, जनतालाई जे भने पनि हुने ? जनता सहिरहनुपर्ने, फेरि हामी चुप लाग्नुपर्ने । अत्यन्त भयावह अवस्था छ ।

यदि सडकबाट जनताले यो सरकार फाल्नुपर्यो भने लोकतन्त्रमाथिको लागि शुभ संकेत हुँदैन । स्थिति यो आइसकेको छ । जनता सडकमा आइसके, इन अफ इज इन अफ ।

सरकारको अझ होस खुलेको छैन । कहाँ भ्रष्टाचार गर्न पाइन्छ, कहाँ पैसा असुल्न पाइन्छ भनेर । आज मैले पढेको थिएँ– अरिङ्गालहरु प्रधानमन्त्रीलाई भन्दै हुनुहुन्छ, राम्रो काम भएको छ प्रधानमन्त्रीज्यू । त्यसैमा भुलभुलैया भाछ । प्रधानमन्त्रीज्यू राम्रो काम भएको छैन, तपाईंले केही पनि राम्रो काम गर्नुभएको छैन, सिरिफ भ्रष्टाचार भएको छ । जहाँतहीँ भ्रष्टाचार छ । खाद्यान्नमा भ्रष्टाचार छ ।

क्वारेन्टिमा भोकै, प्रधानमन्त्रीले भन्नुभएको होइन, कोही पनि भोकै मर्दैन । प्रधानमन्त्रीज्यू भोकभोकै मर्‍यो, मर्‍यो ।

भोकभोकै मरेको होइन, राहत लिने भए भोकभोकै मरेको हैन भन अनि राहत दिन्छु भनेर यो सरकारले जबरजस्ती निवेदन लेखाउँदैछ । नागरिकको सरकार यस्तै हुन्छ प्रधानमन्त्रीज्यू ?

दुई तिहाई झण्डै मत प्राप्त भएको सरकार कसरी जनतालाई दोहन गर्न सकिन्छ ? कहाँ छ रकम भ्रष्टाचार भनेर तल्लिन हुने यो सरकार फेरि जनताको दुहाई दिएर कांग्रेसलाई दोष लगाउन अलिकति सरम हुनुपर्ने हो ?

प्रधानमन्त्रीज्यू, धेरै कुरा नर्गनुस्, काम गर्नुस । संसारमा प्रधानमन्त्रीले यस्तो धेरै बोलेको इतिहास छैन । जनताले तपाईंलाई ५ वर्षका लागि जनमत दिएको छ । नेपाली कांग्रेस ५ वर्षका लागि शान्तसँग प्रतिपक्षको नाताले भूमिका निर्वाह गर्छ ।

कोरोनाकै कुरा गर्दा कांग्रेसले आफ्ना क्रियाशील सदस्यहसँग सय– सय रुपैयाँ उठाएको पैसा ५० लाख रुपैयाँ यो सरकारलाई दिएका छौं, हामी सांसदहरुले १५ दिनको पारिश्रमिक कटाएर सरकारलाई सहयोग गरेका छौं ।

हामीले कहाँ सहयोग गरेनौं र प्रतिपक्षले सहयोग गरेन, प्रतिपक्षले उचाल्यो भने, तपाईंको लोकलाज हुन्छ प्रधानमन्त्रीज्यू ? जनतालाई भ्रममा फसाएर पूरा मुलुकलाई भ्रष्टाचारमा यो अधिकार तपाईंलाई छैन प्रधानमन्त्रीज्यू ।

यद्यपी प्रधानमन्त्रीले यति धेरै हावादारी गफ गर्ने काम गर्नुभयो । जनताले अत्यन्त दुख पाएका छन् । प्रधानमन्त्रीलाई भन्छु कन्ट्रोल गर्नुस्, अति भयो अति भयो । अब जनता सडकमा आइसके । हामीले पनि थाम्न नसक्ने अवस्था होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment