Comments Add Comment

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

३२ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा संक्रमितको संख्या ९६७ पुगेको छ ।

नयाँ संक्रमित दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका मात्रै रहेका छन । गाउँपालिकाको वडानम्वर नं. १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुष र एकजना महिला रहेका छन । नारायण नगरपालिकाका वडा नं. २ का दुईजना पुरुष रहेका छन् ।

त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका-१ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका वडानंम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुष रहेका छन् ।

लेकबेसी नगरपालिका २ का एकजना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर १, २, ६ र ७ का पाँचजना पुरुष रहेका छन् ।

आइतबार दैलेख अस्पतालबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एकजना गरी तीनजना डिस्चार्ज भएका छन् ।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३ रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment