Comments Add Comment

गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

३२ जेठ, गुल्मी । गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरु क्षेत्र गाउँपालिका–५ का २८ र ३५ वर्षीय २ जना पुरुष, रेसुङ्गा नगरपालिकाका २३ वर्षीय पुरुष र अर्का कञ्चनपुर घर भएका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै संक्रमित हुनेमा छत्रकोट गाउँपालिका–३ का ३८ वर्षीय पुरुष, धुर्कोट गाउँपालिका–६ की २० वर्षीया महिला छन् ।

त्यस्तै सत्यवत्ती गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्बर–१ का २१ र ३४ वर्षीय पुरुष, वडा नम्बर–६ का २९ वर्षीय पुरुष, वडा नम्बर–७ का ३६ वर्षीय पुरुष छन् ।
भारतबाट आएर क्वरेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गुल्मीमा कोरोना संक्रमितको संख्या १५ पुगेको जनस्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । यसअघि ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि कोरोना संक्रमित भएका मदानेका २ जना, धुर्कोटका २ र रेसुङ्गाका १ जना छन् । संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ । उपचारको क्रममा मृत्यु हुनेमा मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय पुरुष र धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment