+
+
Shares

भारतमा एकैदिन थपिए साढे ११ हजार कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते ११:००

नयाँ दिल्ली । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) का साढे ११ हजार संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५०२ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो २४ घण्टामा पनि भारतमा करिब १२ हजार नयाँ संक्रमित फेला परेका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ३२ हजार ४२४ पुगेको छ । त्यस्तै, भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि नौ हजार ५२० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख सात हजार ९५८ संक्रमित फेला परेका छन् भने तीन हजार ९५० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै, तामिलनाडुमा अहिलेसम्म ४४ हजार ६६१ संक्रमित फेला परेका छन् भने ४३५ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा ४१ हजार १८२ जना संक्रमित भेटिँदा एक हजार ३२७ जनाको मृत्यु भइसकेको छ। गुजरातमा २३ हजार ५४४ संक्रमित फेला परिसकेका छन् भने एक हजार ४७७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ६१५ संक्रमित फेला परेका छन् भने ३९९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ८७ संक्रमित भेटिएका छन् भने ४७५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ४७० संक्रमित फेला परेका छन् भने ३९ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ६९ हजार ७९८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?