+
+
Shares

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते ११:०५

ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ४३ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण ६१२ जनाको मृत्यु भएको हो ।

त्यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि आठ लाख ६७ हजार ६२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका १७ हजार ११० नयाँ संक्रमित फेला परेका हुन् ।

ब्राजिल संक्रमित संख्याको हिसाबमा विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा निरन्तर कोरोना भाइरसका संक्रमित तथा मृतकको संख्या बढिरहेको छ । ब्राजिलको सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक कदम चाल्न नसकेको भन्दै अहिले मुलुकभर नेतृत्वको पनि आलोचना भइरहेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?