+
+

गफ हानेको होइन, ढुक्क रहौं मुलुक बन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते ११:०९

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उनले ढुक्क रहन आग्रह समेत गरेका छन् ।

आइतबारदेखि वैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक बिग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आमसञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरूमा पोखिएको आक्रोश वा दिक्दारी मेरो मुलकमा दोहोरिने हो कि ? कतिपय जिज्ञासु युवाहरूको प्रश्न आफूले सुनेको बताए ।

उनले अघि भनेका छन्, ‘म एकमुष्ट भन्न चाहन्छु, जति लड्ने हो यो पुस्ता लड्छ । मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरू यस मुलकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाई‌ंका अभिभावकहरूको भनाइ झूटा सावित हुँदैन ।’

प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा दुविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ ।आरोप लगाएजस्तो गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?