Comments Add Comment

छोटो फिल्म ‘सत्कर्म’ रिलिज

लक डाउनको समयमा छोटा चलचित्रको निर्माण बढेको छ । यसैविच, नेत्र इन्टरटेन्मेन्टको ब्यानरमा बनेको छोटो चलचित्र ‘सत्कर्म’ रिलिज गरिएको छ ।

यो छोटो चलचित्रले समाजमा अझै पनि केही राम्रा सोच र व्यवहार भएका मानिसहरु छन् भन्ने सन्देश दिएको छ । लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने समुहको कथालाई छोटो चलचित्रमा देखाइएको छ । नेत्र गुरुङले यो छोटो चलचित्रको निर्देशन गरेका हुन् ।

‘सत्कर्म’को मूख्य भुमिकामा रेम बीक देखिएका छन् । फिल्ममा उनीसँगै विजयराज अधिकारी, राजेन्द्र अधिकारी ‘अपुर्ण’, साधना शर्मा, सबिता कर्माचार्य, भरत छन्त्याल, सबिन गायक लगाएतले अभिनय गरेका छन् ।

यो छोटो चलचित्रलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । फिल्मको कथा भने निर्देशक गुरुङको आफ्नै हो । फिल्मको सम्पादन पनि उनी आफैले गरेका हुन् । फिल्ममा स्वर र संगीत जीवन सुनारको रहेको छ ।

यो कम्पनीले निर्माण गरेको फिल्म ‘लकडाउन’, ‘राहत’, ‘घर’, ‘बसाँई’ र ‘नाम्लो’ सार्वजनिक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment