+
+
Shares

कैलालीको बलात्कार घटनामा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते १८:०७

१ असार, काठमाडौं । कैलालीको क्वारेन्टिनमा बसेकी एक महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमै महिलामाथि सामूहिक बलात्कार हुन अत्यन्तै निन्दनीय र गम्भीर घटना भएको भन्दै घटनामा संलग्न जो भए पनि उम्किन दिन नहुने बताएका छन् ।

गत शनिबार राति एक क्वारेन्टिनमै स्वयमसेवकसहित तीनजना युवकले बलात्कार गरेको महिलाले बताएकी छन् । बलात्कारको आरोपमा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिइसकेको छ ।

साथै कांग्रेसले क्वारेन्टाइन कोरोना संक्रमण विस्तारको केन्द्र बनेको र बेथिति बढेको भन्दै सुरक्षाको गम्भीर लापरबाही भएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?