Comments Add Comment

कोरोना महामारीकै बीचमा केरलामा १३ लाख विद्यार्थीले दिए परीक्षा

२ असार, काठमाडौं । कोरोना भारस (कोभिड–१९) को महामारीको बीचमा भारतको केरला राज्यमा १३ लाख स्कुले विद्यार्थीले परीक्षा दिएका छन् ।

केरलाका वित्तमन्त्री थोमस आइज्याकले सोमबार दुई साताअघि उनीहरुको परीक्षा सम्पन्न भएको जानकारी दिएका छन् । केरलाका जनरल एजुकेसनका निर्देशक जीवन बाबुले यो परीक्षामा सहभागी कसैमा पनि कोरोना भाइरसको संक्रमण नपाइएको बताए ।

गत मे २६ देखि ३० सम्म माध्यमिक तहको परीक्ष र प्लस टुको परीक्षा गरिएको थियो । यो परीक्षा निकै सचेत भएर कोरोना नियन्त्रणको लागि आवश्यक मापदण्ड राम्रोसँग पूरा गरी गराइएको बताइएको छ ।

परीक्षामा विद्यालयहरु स्यानिटाइज गर्ने, मास्क अनिवार्य प्रयोग गर्नेजस्ता सुरक्षाका उपाय अपनाइएको थियो । त्यसका साथै अनिवार्यरुपमा सबैको ज्वरो नाप्ने र भौतिक दुरी कायम राख्ने नियम पनि अनिवार्य गरिएको थियो । परीक्षा गराउने काम सफल भएको अधिकारीहरुले बताएका छन् ।

स्रोत : द फेडेरल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment