Comments Add Comment

बायर्न लगातार आठौं पटक च्याम्पियन

३ असार, काठमाडौं । बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै बायर्नले दुई खेल अगावै यस सिजन उपाधि पक्का गरेको हो ।

युरोपका शीरष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने बायर्न दोस्रो टिम बनेको छ । यसअघि इटलीको युभेन्ट्सले सन् २०११-१२ देखि २०१८-१९ सम्म लगातार आठ पट सिरी ए जितेको थियो ।

व्रेमेनलाई उसैको मदानमा पराजित गर्दै रोवर्टो लेवान्डोस्कीले पहिलो हाफमा एक गोल गरे । उनले ४३औं मनेटमा गरेको गोल नै उपाधि दिलाउन निर्णायक बन्यो । ७९औं मनेटमा अल्फोन्सो डेभिस ७९औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बायर्न दश खेलाडीमा झरेको थियो । तर ब्रेमेनले त्यसको फाइदा उठाउन सकेन ।

लिगमा लगातार ११ खेल जितेको बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई १० अंकले पछि पारेको छ । बायर्नको ३२ खेलबाट ७६ अंक छ भने एक खेल कम खेलेको डर्टमण्डको ६६ अंक छ ।

बायर्नका डेविड अलावा र थोमस मुलरले नवौं पटक बुण्डसलिगा जित्दै फ्रांक रिवेरीको कीर्तिमान बराबरी गरेका छन् । बायर्नले लिग जितेको यो ३०औं पट हो । यस्तै बायर्नका प्रशिक्षक हान्सी फ्लिक खेलाडी र कोचको रुपमा बुण्डेसलिगा जितेन तेस्रो व्यक्ति बनेका छन् । यसअघि फ्रान्ज बेकनबाउर  निको कोभाकले यो उपलब्धी हात पारेका थिए ।

कोरोना भाइरस महामारीले क्लोज डरमा फुटबल खेल्नुपरेकोले बायर्नले दर्शक बिना नै उपाधिको खुशी मनाउनुपरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment