+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

‘क्वारेन्टिनबाट राति–राति डर लाग्यो हजुर भन्ने फोन आउँछ’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते ११:५१
फाइल तस्वीर

३ असार, काठमाडौं । राष्ट्रियसभाकी सांसद विमला राई पौडेलले क्वारेन्टिनको अवस्था दर्दनाक रहेको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले क्वारेन्टिनहरू खासगरी महिला, बालबालिका तथा वृद्ध–वृद्धामैत्री नभएको धारणा राखेकी हुन् ।

सुरक्षाको दृष्टिकोणले पनि क्वारेन्टिनको अवस्था दर्दनाक रहेको सांसद पौडेलको भनाइ छ । बैठकमा उनले भनिन्, ‘सुरक्षा अवस्था त कस्तो छ भने काठमाडौंमा महिला अधिकारकर्मीलाई डर लाग्यो हजुर, कोठमा चुक्कुल छैन भन्ने खालका फोनहरू पनि आउन थालेका छन् ।’

कोेभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा महिला मन्त्रालयको उपस्थिति अनिवार्य बनाउन पनि उनले माग गरिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरी एक लाख ३३ हजार ९ जना क्वारेन्टिनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?