+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
109/4 (13.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

इन्भेस्टमेन्ट बैङ्कले फिर्ता पायो एक अर्ब २० करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १३:३४

३ असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कले तनहुँ जलविद्युत् कम्पनीको काउन्टर ग्यारेन्टी बसेबापतको रकम फिर्ता पाउन थालेको छ ।

गत मंगलबार इटालीको उच्च अदालतमा क्षतिपूर्ति पाउनेगरी बैङ्कले मुद्दा जितेको थियो । इटालीको इन्सेटा सानपाउलो बैङ्कले मंगलबार बैङ्कलाई करिब एक अर्ब २० करोड रुपैयाँ पठाएको बैङ्क स्रोतले जनाएको छ।

अब बैङ्कले पाउनुपर्ने बाँकी ८५ करोड हाराहारी रकम साँझसम्म आइपुग्ने बताइएको छ। ‘काउन्टर ग्यारेन्टी रकम नेपालीमा पठाउनुपर्ने भए पनि एक अर्ब २० करोड बराबरको यूरो रकम बैङ्कलाई इन्सेटा सानपाउलो बैङ्कबाट प्राप्त भएको हो,’ स्रोतले भन्यो ।

अदालतले गरेको २० देखि ३० हजार यूरो क्षतिपूर्तिको रकम भने सीएमसी रेभिनासँग बैङ्कले छुट्टै दाबी गर्ने बैङ्कको तयारी छ । तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा सीएमसी रेभिनाका लागि इटालीको इन्सेटा सानपाउलो बैङ्कका तर्फबाट काउन्टर ग्यारेन्टी जारी गर्दा नेपाल इन्भेस्टमेन्ट बैङ्कको एक वर्ष ९७ करोड रुपैयाँ १६ महिनादेखि फसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?