+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अंगीकृत नागरिकता विवाद : पुरानै अडानमा फर्कियो कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १४:३७
फाइल तस्वीर

२ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव नमान्ने भएको छ । कांग्रेस पदाधिकारीहरूको बुधबार बिहान बसेको बैठकले अहिले भएकै व्यवस्थाको पक्षमा उभिने निर्णय गरेको हो।

सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ‘संविधानमा नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने भनिएको छ, यति वर्ष  भनेर शर्त राखिएको छैन, त्यसैले त्यहीअनुसार ऐन बनाउनुपर्छ भनिएको हो ।’

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछिमात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यसलाई समर्थन गरेको छ तर कांग्रेसले पार्टीमा छलफल गर्न भन्दै समय मागेको थियो । बुधबार हुने समितिको बैठकमा कांग्रेस सांसदहरूले पदाधिकारी बैठकको निर्णयानुसार नै आफ्नो अडान राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?