Comments Add Comment

बजेटले बागमती प्रदेशलाई पहिलो बनाउँछ : मन्त्री ढुंगेल

३ असार, हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारले धेरै अध्ययन गरेर बजेट ल्याएको दावी गरेका छन् ।

बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलले बजेट हावादारी र समयअनुकुल नभएको टिप्पणी गरेका बेला मन्त्री ढुंगेलले बजेट सामान्य खालको नभएको बताए । उनले यो बजेटले बागमती प्रदेशलाई देशकै पहिलो प्रदेश बनाउने जिकिर पनि गरे ।

बुधबार सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढुङ्गेलले बजेटले ठूलो उपलब्धी हासिल गर्नुपर्ने हुनाले केही महत्वाकांक्षी भएको पनि स्वीकार गरे ।

उनले सरकारले लक्ष्यअनुसार राजस्व पनि संकलन गर्ने जिकिर गरे । कर तथा गैरकर राजश्वको प्रभावकारी अनुगमन गर्दा राजश्व वृद्धि हुने बताउँदै उनले घर तथा व्यवसाय करमा केही फेरबदल गरेकाले राजश्व बढ्न सक्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment