+
+

आईओएमको डिनमा डा. दिब्या सिंह शाह नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते २०:४५

३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिएका छन् ।

बुधबार नै प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि  सिफारिस गरेको थियो ।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?