Comments Add Comment

‘नक्साका लागि धन्यवाद सरकार, अब बढाऔं पीसीआर’

३ असार, सप्तरी । सप्तरीको राजविराजमा युवा र विद्यार्थीले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

जनता भोकले तड्पिरहँदा पनि सरकारको उपस्थिति नदेखिएको भन्दै यहाँको विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले स्वतःस्फूर्त प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘कुखुरी काँ, १० अर्ब खा, खै १० अर्ब ?, कोरोनाले खायो ? खोई कोरोना अदुवा लसुनले पचायो’ उल्लेख गरिएको प्लेकार्ड समेत बोकेका छन् ।

यस्तै, ‘नयाँ नक्साका लागि धन्यवाद सरकार, अब बढाऔं पीसीआर, क्वारेन्टिन व्यवस्थित गर, सरकारको सरोकार, कार्पेट कि पीसीआर ?’ सहितको नारा उल्लेख गरिएको प्लेकार्ड उनीहरुले बोकेर प्रदर्शन गरेका छन् ।

स्थानीय राज रंगशालाबाट निकालिएको युवा, विद्यार्थीको प्लेकार्डसहितको जुलुस नगरको विभिन्न भाग परिक्रमा समेत गरेको थियो ।

आन्दोलनमा सहभागी सिम्रन गुप्ताले सरकारले कोरोनाको समयमा मनोमानी तरिकाले काम गर्दै अनियमितता गरिरहेको र जनताप्रति कुनै किसिमको उत्तरदायित्व नदेखाएकाले आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment