+

च्याम्पियन्स लिगको क्वार्टरफाइनलदेखिको खेल पोर्चुगलमा हुने

२०७७ असार  ३ गते २०:०६ २०७७ असार ३ गते २०:०६
च्याम्पियन्स लिगको क्वार्टरफाइनलदेखिको खेल पोर्चुगलमा हुने

३ असार, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०१९-२० को क्वार्टरफाइनलदेखिका सबै खेल पोर्चुगलमा हुने भएको छ ।

युईएफएको बुधबार भएको बैठकले च्याम्पियन्स लिगका क्वार्टरफाइनलदेखिका खेल पोर्चुगलको लिस्वनमा आयोजना गर्ने जनाएको हो । च्याम्पियन्स लिगको फाइनल अगष्ट २३ मा हुनेछ ।

यसैगरी युरोपा लिगको क्वार्टरफाइनलदेखिको खेलहरु जर्मनीमा हुने भएको छ ।

अन्तिम ८ देखि भने सबै चरणमा एक खेल मात्र हुने भएको छ । यसअघि सेमिफाइनलसम्म होम एण्ड अवे गरी दुई लेगको खेल हुँदै आएको थियो । च्याम्पियन्स लिगको क्वार्टरफाइनलदेखिको खेलहरु अगष्ट १२ देखि २३ सम्म हुन्छ । अन्तिम १६ का खेल भने अगष्ट ७ र ८ मा हुनेछ ।

च्याम्पियनस लिग अन्तर्गत अन्तिम १६ को बाँकी रहेका केही खेलको दोस्रो लेग भने पुरानै तालिकाअनुसार घरेलु मैदानमै हुने युईएफएले जनाएको छ ।

जसमा म्यानचेष्टर सिटी र रियल मड्रिड, बार्सिलोना र नापोली, बायर्न म्युनिख र चेल्सी तथा युभेन्ट्स र लियोनबीचको खेलको दोस्रो लेग बाँकी छ ।

यस्तै युरोपा लिग अन्तर्गत अन्तिम १६ को बाँकी रहेका खेलमध्ये २ खेलको दुई लेग नै हुने र ६ खेल घरेलु टोलीको मैदानमै हुने भएको छ ।

युरोपा लिगका खेलहरु अगष्ट १० देखि २१ सम्म हुनेछ ।

युईएफएका अध्यक्ष अलेक्जान्डर कफेरिनले फेरि फुटबल सुरु गर्ने खबरले खुशी भएको बताएका छन् ।

च्याम्पियन्स लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय