Comments Add Comment

घरेलु मैदानमा हार्‍यो डर्टमण्ड

४ असार, काठमाडौं । जर्मन बुण्डेसलिगामा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्ड माइन्जसंग पराजित भएको हो । डर्टमण्डलाई उसको मैदानमा २-० ले पराजित गरेपछि माइन्जले रेलिगेसनबाट बच्चने आशालाई बलियो बनाएको छ ।

बायर्न म्युनिखले यसअघि नै उपाधि पक्का गरिसकेको अवस्थामा डर्टमण्डले अर्को सिजन युरोपियन च्याम्पियन्सको लागि स्थान पक्का भने गरिसकेको छ । डर्टमण्डलाई पराजित गर्न माइन्जका लागि जोनाथान बुकार्टले ३३औं र ४९औं मिनेटमा जिन फिलिप माटेटाले पेनाल्टीमा गोल गरे ।

हारपछि पनि ३२ खेलबाट ६६ अकसिहत डर्टमण्ड दोस्रो स्थानमा छ र तेस्रो स्थानको आरबी लाइपजिगभन्दा ३ अंकले अघि छ ।

जितपछि माइन्जले ३२ खेलबाट ३५ अंक जोडेको छ र रेलिगेसन जोनभन्दा ५ अंकले माथि छ । माइन्ज भन्दा पछि रहेको फर्चुना डुसेलडोर्फ २८ अंकसहित १६औं स्थानमा छ । वेडर ब्रेमन २८ अंकसहित १७औं र २० अंक मात्र रहेको पाडेर्वोर्न १८औं स्थानमा छ । पाडेर्वोन दुई खेलअघि नै रेलिगेसनमा परिसकेको छ ।

च्याम्पियन बायर्न र दोस्रो स्थानको डर्टमण्डबाहेक शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेल्नका लागि अरु ३ क्लब होडमा छन् ।

आरबी लाइपजिग बायर लेभरकुजन र बोरुसिया मोन्चेनग्लाडबाक मध्ये दुई टिम शीर्ष चारमा पर्नेछ।

फर्चुना डुसेलडोर्फसंग २-२ को बराबरीमा रोकिएपछि लाइपजिगलाई केही धक्का लागेको छ । लाइपिजगका लागि टिमो वेर्नर र केभिन काम्पलले गोल गर्दै २-० को अग्रता दिलाएका थिए । तर स्टेभेन स्किर्बस्की र आन्द्रे होपम्यानले अन्तिम ३ मिनेटमा गोल गरेपछि डुसेलडोर्फले खेल बराबरी गरेको हो ।

३२ खेलबाट ६३ अंक जोडेको लाइपजिग तेस्रो स्थानमा यथावत छ ।

उता लेभरकुजन एफसी कोल्नलाई ३-१ ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । लेभरकुजनका लागि काई हाभार्ट, स्भेन बेन्डर र माउसा डिबीले गोल गरे । कोल्नका लागि सेबास्टिन बोर्नवले सान्त्वना गोल फर्काए ।

जितपछि ३२ खेलबाट ६० अंक जोडेको लेभरकुजन बोरुसिया मोन्चेनग्लाडबाकलाई एक अंकले पछि पार्दै चौथो स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment