+
+
Shares

कोरोनाबाट प्रभावित हुने मुलुकमा पेरु इटालीभन्दा अघि

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते ११:५७

४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित संख्याको आधारमा पेरुले इटालीलाई पछि पारेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार पेरुमा कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख ४० हजार ९०८ पुगेको छ । जबकी इटालीमा भने कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ३७ हजार ८२८ छ । कुनै समय इटाली युरोपको सबैभन्दा प्रभावित मुलुक बन्न पुगेको थियो ।

पेरुमा अहिलेसम्म कोरोना भाइरसको कारण सात हजार २५७ जनाको मृत्यु भइसकेको छ । दक्षिण अमेरिकामा पेरु ब्राजिलपछि कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा अहिलेसम्म साढे नौ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ४६ हजार ५१० जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै पेरुले जुन ३० सम्म लकडाउन बढाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?