Comments Add Comment

ऋचाले किनिन् ‘छ माया छपक्कै र छक्का पन्जा ३’को एप राइट्स

केहीदिन अगाडि निर्माता तथा कलाकार दीपकराज गिरीले परदेशमा रहेका दर्शकहरूका लागि ‘छक्का पन्जा ३ र छ माया छपक्कै’ एउटा नयाँ एपमा रिलिज हुन लागेको जानकारी दिएका थिए ।

युट्युबमा सार्वजनिक नभएका यी दुवै चलचित्र कुन एपमा रिलिज हुन लागेको होला भन्ने कौतुहलता दर्शकमा थियो। अनलाइनखबरलाई श्रोतले दिएको जानकारीअनुसार यी दुवै चलचित्रलाई नायिका ऋचा शर्माले किनेकी हुन् ।

नायिका ऋचा शर्माले ‘चलचित्र टीभी’ नामक एउटा एप लञ्च गर्ने तयारीमा छिन् । केहीदिन अगाडि केही नायिकाहरूले ऋचालाई शुभकामना दिँदै भिडियो समेत तयार पारेका थिए ।

ऋचा जुनको २४ तारिखबाट यो एप सार्वजनिक गर्ने तयारीमा छिन् । अमेरिकामा रहेका केही लगानीकर्ता र नेपालमा रहेकी ऋचा शर्माले मिलेर यो एप तयार पारेका हुन् ।

दर्शकले एप डाउनलोड गरेर केही रकम तिरेपछि यो चलचित्र हेर्न सक्नेछन् । दुवै चलचित्रका लागि अहिले १०–१० लाख रुपैयाँ एड्भान्स रकम दिइएको बुझिएको छ । योभन्दा बढी रकम नाफा भएको खण्डमा निर्माता र ऋचाले फेरि सेयर बाँडफाँट गर्नेछन्।

लकडाउनको समयमा डिजिटल माध्यमबाट चलचित्र हेर्ने दर्शकको संख्या विश्वभर ह्वात्तै बढेको छ । बलिउडमा हल रिलिज नगरी निर्माताहरू डिजिटल रिलिज गर्न तम्सिएका छन् । ऋचा र उनको टिमले सार्वजनिक गर्न लागेको यो एपलाई चलचित्रका दर्शकले कसरी हेर्ने हो यो पक्कै पनि सबैका लागि उत्सुकताको विषय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment