Comments Add Comment

बम्जनको आश्रममा पुगेर तेस्रो पटक पनि खाली हात फर्कियो प्रहरी

फाइल तस्वीर

४ असार, काठमाडौं । प्रहरीले तपश्वी भनिने रामबहादुर बम्जनको आश्रममा छापा हानेको छ । सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले छापा हानेको हो ।

यद्यपि, उनी आश्रममा नभेटिएको सिन्धुलीकी एसपी रञ्जु सिग्देलले अनलाइनखबरलाई बताइन् । यसअघि २४ माघमा पनि प्रहरीले बम्जन आश्रममा छापा मारेको थियो । तर, सुरुमै सूचना चुहाइँदा बम्जन उम्कन सफल भएका थिए ।

यो पटक पनि बम्जन आश्रममा रहेको सूचना पाएपछि सीआईबीको टोली सिन्धुली पुगेको थियो । बम्जनमाथि अनुयायीलाई बेपत्ता पारेको आरोप छ ।

यो पनि पढ्नुहोस रामबहादुर बमजनमाथिको अनुसन्धान : प्रहरीलाई विवादमा पर्ने डर !

सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता रहेको भन्दै उजुरी परेको छ । र, उनीविरुद्ध अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।

यसअघि ०७६ पुसमा प्रहरीले सिन्धुपाल्चोकस्थित बम्जनको आश्रममा छापा हानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment