
४ असार, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले चिनियाँ र भारतीय दूतावास नजिक धर्ना दिएको छ ।
चीन-भारत सीमा क्षेत्र लद्दाखमा भिडन्त भएपछि शान्ति समाजले युद्द अपराध भएको स्मरण गराउँदै बिहीबार दुई देशका दूतावास नजिकै धर्ना दिएको हो ।
चिनीयाँ र भारतीय सेनाबी गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु हताहत र घाइते भएका थिए ।
एसियाका यी दुई ठूला मुलुक शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दु:खद हुनुका साथै दक्षिण एसिया र विश्व शान्तिकै लागि पनि खतरा हुने भएकोले शान्तिका लागि अह्वानसमेत गरेको छ ।
धर्नाका क्रममा समाजले ‘स्टप वार : प्रमोट पिस,’ ‘एस टु पिस, नो टु वार’, ‘चीन : आवेग होइन विवेकको प्रयोग गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
धर्नामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य नम्रता खरेललगायतको उपस्थिति रहेको थियो ।
तस्वीर : चन्द्र आले।
प्रतिक्रिया 4