Comments Add Comment

ईयूले इतिहासकै सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको छ : एन्जेला मर्केल

४ असार,काठमाडौं । जर्मनकी चान्सलर एन्जेला मर्केलले अहिले युरोपेली संघ (ईयू)ले इतिहासकै सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको बताएकी छिन् ।

उनले ईयूका सबै मुलुकलाई बहुराष्ट्रिय बजेटमा सहमत हुन र कमजोर युरोपेली अर्थतन्त्रलाई छिटोभन्दा छिटो सुधारको लागि कोष जुटाउन सहयोगका लागि आग्रह गरेकी छिन् ।

जर्मनीको संसदमा उनले कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट प्रभावित अर्थव्यवस्था सुधारको लागि ईयूका मुलुक एक भएर काम गर्नु जरुरी रहेको बताएकी हुन् । उनले भनिन्, ‘यो महामारीले युरोपेली परियोजना बिगि्रएको देखाएको छ र अहिलेसम्म एकजुट हुनु यति जरुरी कहिल्यै पनि देखिएको थिएन ।’

उनले अहिले युरोपको अर्थतन्त्रमा आएको गिरावट युरोपको इतिहासको सबैभन्दा ठूलो चुनौती रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment