
५ असार, काठमाडौं । सरकारले लगानी बोर्डको (प्रमुख कार्यकारी अधिकृत) सीईओ नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ। बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गरेपछि बोर्डको सीईओ पद रिक्त थियो ।
रिक्त सीईओ पदपूर्तिका प्रतिपर्धाका आधारमा नियुक्त गर्ने भन्दै सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको छ । सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ बमोजिम योग्यता पुगेकालाई १५ दिनभित्र सिलबन्दी दरखास्त निवेदन पेश गर्न पदपूर्ति सिफारिस समितिले आग्रह गरेको छ ।
योग्यता पुगेकाले आजको मितिबाट १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको पदपूर्ति सिफारिस समितिको सचिवालयमा निवेदन पेश गर्नुपर्नेछ । प्राप्त निवेदनबाट समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद् बैठकले एक जनालाई लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ।
प्रतिक्रिया 4